Trending :
 

सुन तस्करी प्रकरणमा कृष्ण बहादुर महराका छोरा राहुललाई थुनामा पठाउन आदेश

आश्विन २६,२०८०

-आस्था न्युज

असोज २६, २०८० काठमाडौं ।
भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो । 
 
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो । 
 
राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।