Trending :
 

मौसमः यी प्रदेशमा हुनेछ हल्का वर्षाको सम्भावना

आश्विन २७,२०८०

-आस्था न्युज

असोज २७, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यतया मौसम सफा रहनेछ । 
 
आज देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 
 
शनिबार कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । 
 
आज राती देशको पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 
 
हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।