Trending :
 

मौसमः आज पहाडी भू-भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना

आश्विन २८,२०८०

-आस्था न्युज

असोज २८, २०८० काठमाडौं ।
जल तथा मौसम विभागका अनुसार आज पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
 
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 
 
यस्तै, आज राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । 
 
हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
 
अहिले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।