Trending :
 

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

आश्विन २८,२०८०

-आस्था न्युज

असोज २८, २०८० काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ । युरो एकको खरिद दर १३९ रुपैयाँ ८७ पैसा र बिक्री दर १४० रुपैयाँ ५० पैसा रहेको छ । 
 
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ८२ पैसा र बिक्री दर १६२ रुपैयाँ ५५ पैसा तोकिएको छ भने, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।