Trending :
 

एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा बहराइन विरुद्ध दिपेशले लिए पहिलो विकेट

आश्विन २८,२०८०

-आस्था न्युज

असोज २८, २०८० काठमाडौं ।
मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज बहराइनसँग खेलिरहेको छ । बहराइनविरुद्ध नेपालले पहिलो विकेट लिएको छ । 
 
जारी खेलको  ओभरमा दिपेश कँडेलले विकेट लिए । उनले ऋषभ रमेशलाई आउट गरे । १४ बलको सामना गरेका उनले ६ रनमात्रै जोडे ।
 
समूह ए मा रहेका  नेपाल र बहराइनको खेल मलेसियाको बायुमास ओभलमा जारी छ । बहराइनले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । जारी खेलमा ५ ओभर सकिँदा बहराइनले ११ रन जोडेको छ । 
 
यसअघि समूहको पहिलो खेलमा नेपालले इरानलाई पराजित गरेको थियो । बहराइन साउदी अरेबियासँग पराजित भएको थियो । साउदी अरेबिया र इरानबीचको खेल पनि आजै छ । नेपालले समूहको अन्तिम खेल आगामी बुधबार साउदी अरेबियासँग खेल्नेछ ।