Trending :
 

एमाले मधेश प्रदेशका सर्वसम्मत निर्वाचित पदाधिकारीले लिए शपथ

आश्विन २८,२०८०

-आस्था न्युज

असोज २८, २०८० काठमाडौं ।
नेकपा एमाले मधेश प्रदेश अधिवेशनाट सर्वसम्मत चयन भएका पाँच पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
 
सर्वसम्मत चयन भएका पदाधिकारीलाई शनिबार राति शपथग्रहण गराइएको हो ।
 
अध्यक्ष चण्डेश्वर मण्डललाई निर्वाचन कमिटीका अधिकृत टीकाध्वज खड्काले शपथ ग्रहण गराए भने अध्यक्ष मण्डलले नवनिर्वाचित प्रदेश कमिटीका उपाध्यक्ष पर्साका विचारी यादव, सचिव बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कैस (धनुषा) लाई शपथग्रहरण गराएका हुन् ।
 
यस्तै सर्वसहमतिबाट चयन भएका लेखा समिति अध्यक्ष लक्ष्मीनारायण यादवलाई पनि अध्यक्ष मण्डलले शपथ ग्रहण गराएका छन् ।