Trending :
 

सर्वोच्चमा दसैंको अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ ११ देखि ३ बजेसम्म हुने

आश्विन २८,२०८०

-आस्था न्युज

असोज २८, २०८० काठमाडौं ।
सर्वोच्च अदातलमा दसैंको अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ प्रत्येक दिन बिहान ११ देखि ३ बज‍ेसम्म हुने भएको छ । दसैंको घटनस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द हुन्छ ।
 
त्यसअवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन भने सुनुवाइ हुन्छ । सर्वोच्च अदातलले आइतबार सूचना प्रकाशित गरी बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्ने न्यायाधीशको सूची तय गरेको छ ।