Trending :
 

पूर्वराजा दम्पतीले सर्वसाधारणलाई टिका लगाइदिने

आश्विन २८,२०८०

-आस्था न्युज

असोज २८, २०८० काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन् ।
 
शाहको संवाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाह र कोमल शाहले निर्मल निवासमा विजयादशमीको दिन अपराह्न चार बजेदेखि टिका लगाइदिने जानकारी दिएको हो । 
 
यस वर्षको विजयादशमी आगामी कार्तिक ७ गते परेको छ ।
 
पूर्व राजदम्पतीले हरेक वर्ष सर्वसाधारणलाई टिका लगाइदिने गरेका छन् ।