Trending :
 

गोरखा दरबारमा तीन पाथी जौको जमरा राखियो

आश्विन २८,२०८०

-आस्था न्युज

असोज २८, २०८० काठमाडौं ।
गोरखा दरबारमा ३ पाथी जौको जमरा राखिएको छ । 
 
बिहान ११ बजेर २९ मिनेट जादा गोरखादरबार स्थित गोरखकाली मन्दिरको गर्भ गृहमा ९ माना, त्यस्तै गोरखनाथ गुफा र उपल्लोकोटको बज्रभैरब मन्दिरमा जमरा राखेको हो।
 
यसअघि बिहान गोरखा दरबारको केलाश कोठा बाट गोरखकाली मन्दिर गर्भ गृहमा भगवती सारिएको थियो । बडा दशै नवरात्रीको अवधिभर गोरखा दरबार परिसरमा रहेको गोरखकाली मन्दिर सहित विभिन्न शक्तिपीठहरुमा बिशेष पुजा हुने गर्दछ ।