मौलिक परम्परा संरक्षणमा सबैको ध्यान जानुपर्छः एमाले उपाध्यक्ष शाक्य
-आस्था न्युज
असोज २८, २०८० काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष अष्ट लक्ष्मी शाक्यले हाम्रो परम्पराहरु विस्तारै लोप हुदैँ गएकोप्रति चिन्ता प्रकट गरेकी छिन् ।
आज विजया दशमीको उपलक्ष्यमा आयोजित महानगरस्तरीय चङ्गा चेट प्रतियोगिता उद्घाटनगर्दै उनले दशैं आउँछ चङ्गाले भरिने आकाशमा पछिल्लो समय खाली हुन थालेको भन्दै यो लोप हुनु भनेको हाम्रो संस्कृति, परम्परा पनि लोप हुनु हो भनिन् ।
‘यो चङ्गा उडाउँनु नयाँ कुरा होईन तर अहिले नौलो कुरा बन्दै गएको छ । यो लोप हुन पनि थालेको होकी भन्ने लागेको छ । दशैं आउँछ आकाशमा चङ्गा उड्दैँन् । अब यो पर्वलाई अगाडि बढाउँनु पर्छ र यसलाई अझै फराकिलो बनाउँनु पर्छ भन्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरेको हो ।’ उनले भनिन् ‘लामो समयदेखि चलिआएको चङ्गा उडाउँने परम्परा क्रमश लोप हुदैँ गएको छ । यो लोप हुनु भनेको हाम्रो संस्कृति, परम्परा लोप हुनु हो ।’
यस्तै, उनले देशमा सद्भाव कायम गर्नको लागि यस्तो खालको संस्कृति परम्परालाई जीवित राख्नुपर्ने भन्दै परम्पराहरुलाई अझ बलियो बनाउँनको लागि आकाशमा चङ्गा उड्न जरुरी भएको बताईन् ।