Trending :
 

घट्यो पेट्रोलियम पदार्थको मुल्य : पेट्रोल लिटरमा ११ र डिजलको ५ रुपैयाँले कम

आश्विन २८,२०८०

-आस्था न्युज

असोज २८ ,२०८० काठमाडौं । 
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । 
 
आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । 
 
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।
 
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।