पर्यटनको पहिलो आधार नै संस्कृति हो : मन्त्री किराती
-आस्था न्युज
असोज २८ ,२०८० काठमाडौं ।
संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले, नेपाली पर्यटनको पहिलो आधार नै संस्कृति भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एनआरएन द सिंगर सिजन १ ग्राण्ड फिनालेलाई सम्बोधन गर्दै उनले भने,‘म पर्यटन तथा संस्कृति मन्त्री भएको हैसियतले संस्कृतिको साँघु बन्न सकौ । हाम्रो देशको पर्यटनको पहिलो आधार नै संस्कृति हो । नेपालमा जहाँ गयो, जहाँ टेक्यो त्यही पर्यटनको केन्द्र हो ।’
प्रकृति र संस्कृतिलाई जोड्ने हो भने नेपालको जस्तो पर्यटन संसार अरु कुनै नहुँने दाबी गरेका उनले संस्कृति र प्रकृति दुवैको धनी भएता पनि त्यसको सही सदुपयोग हुन नसकेको बताए ।
उनले भने, ‘हामी संस्कृति र प्रकृति दुवैको धनी छौं । अलि निराशा बाँड्ने बानी भएका छौं । यस्तो आस्था भएको देशमा अनास्था फैलाउने । संसारकै अग्लो स्थानबाट सोच होचो दिइरहेका छौं । हामीले यी प्रकृति र संस्कृतिलाई हामीले जोड्ने हो भने । नेपालको जस्तो पर्यटन संसारको छैन् ।
संगीत भनेको अहिलेको नरम कुटनैतिक समेत भएको उनको भनाई छ ।