Trending :
 

सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम गर्दैनः रक्षामन्त्री खड्का

आश्विन २९,२०८०

-आस्था न्युज

असोज २९, २०८० काठमाडौं ।
उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले, नेपाली सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने दाबी गरेका छन् । 
 
सोमबार काठमाडौैंमा आयोजित ‘नेपालमा इन्टरनेट र मिथ्या सूचना, लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै, उनले सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने विषयलाई जोडेर भ्रम छर्ने काम भएको भन्दै नेपाली सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने बताएका हुन् । 
 
उनले भने, ‘आज पनि नियमावलीलाई यताउता पार्न खोजियो भन्ने गलत झुटा कुरा प्रचार भएको छ । नेपालको प्रधानसेनापति हुन एउटा निश्चित मापदण्ड छ । निश्चित तालिमहरु प्राप्त गरेको अनुभवको अनिवार्य आवश्यकता छ । ती सबै आधार र अधिकारहरु भन्दा दायाबायाँ सरकार जाने रक्षा मन्त्रलालय जाने म जाने कल्पना पनि गर्न सक्दिन ।’ 
 
उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको प्रष्ट पारे ।