Trending :
 

युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ

आश्विन २९,२०८०

-आस्था न्युज

असोज २९, २०८० काठमाडौं ।
२५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 
 
पक्राउ परेकामा धनुषाको मिथिला बिहारी नगरपालिका-११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय किशोर रहेको मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।
 
प्रहरीका अनुसार तामाङ प्रदेश २-०४-००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् भने चौहान सहचालक हुन् । १६ वर्षीय किशोर पनि अर्काे ट्रकमा काम गर्ने हुन् ।
 
उनीहरु तीनैजना मिलेर विराटनगर महानगरपालिका-३ मा आइतबार राति बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ ।
 
सिटी सफारीमा यात्रा गरिरहेकी युवतीलाई ट्रक पार्किङ गरेको स्थानमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी टोली पुगेको थियो ।
 
पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको छ ।