Trending :
 

सामाजिक सञ्जालबाट हुने गलत सूचना प्रवाहले लोकतन्त्रको स्वस्थकर अभ्यासमा आघात पु¥याएको छः मन्त्री बस्नेत

आश्विन २९,२०८०

-आस्था न्युज

असोज २९, २०८० काठमाडौं ।
उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले सामाजीक सञ्जालबाट हुने गलत र भ्रमपूर्ण सूचना प्रवाहले लोकतन्त्रको स्वस्थकर अभ्यासमा आघात पु¥याएको बताएका छन् । 
 
सोमबार काठमाडौैंमा आयोजित ‘नेपालमा इन्टरनेट र मिथ्या सूचना, लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजीक सञ्जालबाट हुने गलत र भ्रमपूर्ण सूचना प्रवाहले लोकतन्त्रको स्वस्थकर अभ्यासमा आघात पु¥याउनका साथै लोकतन्त्रको प्राण समेत मानिने प्रेस जगतलाई समेत प्रत्यक्ष असर पारेको बताएका हुन् । 
 
उनले भने,‘सामाजीक सञ्जालबाट हुने गलत भ्रमपूर्ण सूचना प्रवाह र घृणात्मक संवाद लोकतन्त्रको स्वस्थकर अभ्यासले आघात पु¥याउने गरेको सबैले अनुभव गरेको साझा सत्य हो । यस किसिमको सूचना र संवादले लोकतन्त्रको प्राण समेत मानीने प्रेस जगतलाई समेत प्रत्यक्ष असर पारेको हुन्छ । त्यस तर्फ सजग हुनुपर्छ ।’
 
उपप्रधानमन्त्री खड्काले देशमा सूचना प्रविधिको तिब्र विकासले अवसरसँगै चुनौती पनि सिर्जना गरेको बताए । देशमा सूचना प्रविधिको तिब्र विकासले अवसरसँगै चुनौती सिर्जना गरेको भन्दै राष्ट्रिय सुरक्षाको हिसाबले सो चुनौतीलार्ई  नजरअन्दाज गर्न नमिल्ने उनको भनाई छ ।