Trending :
 

कोशीका मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने

आश्विन २९,२०८०

-आस्था न्युज

असोज २९, २०८० काठमाडौं ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिनुहुनेभएको छ । 
 
संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराउनुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । 
 
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्कीले असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।