Trending :
 

प्रधानमन्त्री प्रचण्डद्वारा घोडाघोडी क्याम्पसको भवन शिलान्यास

आश्विन २९,२०८०

-आस्था न्युज

असोज २९, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गरेका छन् । 
 
नेपाल सरकार राष्ट्रिय योजना आयोगको आ.व.२०६०/०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त अनुदानवाट निर्माण हुने सो भवनको प्रधानमन्त्री प्रचण्डले सोमबार शिलान्यास गरेका हुन् ।
 
समाजवादी मोर्चाको धनगढी सभालाई सम्बोधन गर्न सुदुरपश्चिम पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।