Trending :
 

तेस्रो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलन भोलिबाट

आश्विन २९,२०८०

-आस्था न्युज

असोज २९, २०८० काठमाडौं ।
गैरआवासीय नेपाली संघको दुइ दिने तेस्रो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलन भोलि मंगलबारबाट शुरु हुने भएको छ । 
 
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनआरएनएले गैर आवासीय नेपालीहरुको लागि ज्ञान, आविस्कार, विज्ञता तथा अनुभव आदान प्रदानको साझा थलो निर्माण गर्ने उदेश्यका साथ दुई दिने तेस्रो गैर आवासीय नेपाली विश्व ज्ञान सम्मेलन गर्न लागिएको जानकारी दिएको हो । 
 
एनआरएनका प्रवक्ता सोम सापकोटाले यो बर्षको सम्मेलनको मुल बिषय राष्ट्रिय योजना आयोगको १५औं आवधिक योजना तथा दिगो विकासका लक्ष्यहरुमा आधारित रहेर तय गरिएको बताए । 
 
सम्मेलन विज्ञान, प्रविधी र आविस्कारलाई नेपालीको हितमा प्रयोग गर्ने विषयमा आवश्यक छलफल र रणनीति तर्जुमा गर्न जीवन्त हुने उनको भनाई छ ।