Trending :
 

पूर्वाधार विकास सरकारको पहिलो लक्ष्यः मन्त्री साउद

आश्विन २९,२०८०

-आस्था न्युज

असोज २९, २०८० काठमाडौं ।
परराष्ट्र मन्त्री एनपी साउदले, पूर्वाधार विकास सरकारको पहिलो प्राथमिकता हुनु पर्ने बताएका छन् । 
 
काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले, तीन वटै तहका सरकारले आफ्नो क्षेत्रको विकास निर्माणलाई प्राथमिकतामा राख्नु पर्ने बताए । 
 
उनले भने ‘हाम्रो पूर्ण ध्यान पूर्वाधार विकासमा केन्द्रीत हुनुपर्छ । तीनै तहका सरकारहरु, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार मात्रै होईन्, पार्टीहरु पनि मिलेर विकास निमार्णको प्रक्रिया आफ्नो क्षेत्रमा विकसित गर्ने कुरामा हामी केन्द्रित रुपमा अगाडि बढ्नु पर्छ ।’
 
पछाडी परेको क्षेत्रको विकास सरकारको प्राथमिकता हुनु पर्ने उनको भनाई छ । 
 
तर बजेट निर्माणमा पछाडी परेको क्षेत्रले स्थान नपाउने गरेको उनको गुनासो छ ।