Trending :
 

नेपालको हस्तकला व्यवसाय ओझेलमा प¥यो : राजेश हमाल

आश्विन २९,२०८०

-आस्था न्युज

असोज २९ ,२०८० काठमाडौं । 
महानायक राजेश हमालले, आधुनिकताको नाममा फेन्सी सामाग्रिको बढ्दो प्रयोगले नेपालको हस्तकला व्यवसाय ओझेलमा परेको टिप्पणी गरेका छन् । 
 
सोमबार काठमाडौमा आयोजित हिमालयन एक्सपोको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वव्यापिकरणले  हस्तकला व्यवसाय ओझेलमा पर्नका साथै यसको महत्व पहिलेको उचाईमा रहन नसकेको बताए । 
 
मौलिक र परम्परागत सामानलाई आधुनिक सामाग्रिले विस्थापित गरिरहेको अवस्थामा हस्तकलाको पहिचानलाई पुन जागरण गर्न एक्सपोहरुले सहयोग पुग्ने उनको विश्वास छ । 
 
उनले भने,‘आधुनिकता सर सामानको पछि लाग्यौं भने हाम्रो समाजको लागि र परम्परागत संस्कृतिलाई हानि पु¥याउन सक्छ । घरेलु उद्योगहरु लोकप्रिय थिए । विदेशीहरूले एकदमै रुचाउँथे। तर पछिल्लो समय विश्वव्यापिकरण हो कि किन हो । हस्तकला व्यवसाय ओझेलमा परेको छ । यसको महत्व त्यही उचाइमा रहन सकेको छैन् । यसको पहिचानलाई पुन जागरण गर्न यस्तो एक्सपोहरुले सहयोग प¥याउँछ ।’
 
उनले हस्तकलाको, विगतको अन्तराष्ट्रिय स्तरमा भएको उचाईलाई जागरण गर्न सम्बन्धित निकायले ध्यान पु¥याउनु पर्ने बताए ।