Trending :
 

पर्यटन मन्त्रीद्वारा विमानस्थलमा छड्के : न्यूनतम हवाई भाडा लिन आग्रह

आश्विन २९,२०८०

-आस्था न्युज

असोज २९ ,२०८० काठमाडौं । 
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको निरीक्षण गरेका छन् । 
 
उनले, आन्तरिक विमानस्थलमा संचालनमा रहेका पसलहरुले महंगो मूल्य लिएको गुनासो आएपछि अनुगमनका लागि पुगेका हुन् । 
 
टर्मीनलमा रहेका पसलमा राखिएका सामानको मूल्य अत्यधिक भएको र हवाई टिकटमा पनि बढी रकम लिइएको गुनासो आएपछि मन्त्री किराती अनुगमनका लागि पुगेका हुन्। 
 
उनले आज विहानै पनि सरोकारवालासंग छलफल भएको र कम भाडा लिन सरोकारवालहरु तयार रहेको बताए । 
 
अनुगमनका क्रममा अधिकासंले अनलाईनबाटै टिकट लिएको पाईएको भन्दै उनले, अधिकतम १७ हजार भाडा राखेको पाइए पनि १३ हजार सम्म तिरेको पाइएको उनको भनाई छ। ७ वर्ष अघिकै सहमति अनुसार नै पनि अधिकतम र न्यूनतम भाडाको फरक धेरै पाइएको र सोही अुनसार नै व्यवासायीले भाडा निर्धारण गरेको पाइएको बताए । 
 
सरकारले यदी कसैले तोकिएको भन्दा बढी भाडा लिए कारबाही गर्ने बताए । 
 
उनले भने ‘सरकारले, तोकेको भन्दा माथि टिकट त बेच्नै पाईँदैन् । पछिल्लो समयमा भ्याट जोडिएको छ । एयरपोर्टका अन्य भाडाहरु जोडिएको छ । ’
 
उनले आम नागरिकलाई सर्वसुलभ सेवा प्रवाहका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।