Trending :
 

विनिमय दरः बढ्यो युरोको भाउ, अरुको के छ ?

आश्विन ३०,२०८०

-आस्था न्युज

असोज ३०, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
 
जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ । 
 
आज युरोको भाउ सोमबारको तुलनामा बढेको छ । 
 
मंगलबार युरो एकको खरिद दर १४० रुपैयाँ ०४ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसा पुगेको छ । 
 
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५९ पैसा र बिक्री दर १६२ रुपैयाँ ३२ पैसा तोकिएको छ भने, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।