Trending :
 

दुई स्विडिसको हत्या गर्ने बन्दुकधारी आईएसआईएसको सदस्य भएको दाबी

आश्विन ३०,२०८०

-आस्था न्युज

असोज ३०, २०८० काठमाडौं ।
ब्रसेल्समा लोन-वुल्फ हमलामा दुई स्विडिस नागरिकको हत्या गर्ने र अर्का एकलाई घाइते बनाउने बन्दुकधारीले आफू आईएसआईएसको सदस्य भएको बताएको छ । अनलाइनमा एक भिडियो पोस्ट गर्दै उनले हत्याको जिम्मेबारी लिएको अल जजिराले मङ्गलबार बताएको छ । 
 
सोमबार भएको उक्त गोली काण्डमा घटनास्थलबाट संदिग्ध फरार रहेको र बेल्जियन प्रहरीले उनको खोजी गरिरहेको अल जजिराले उल्लेख गरेको छ । 
 
सरकारी वकिलको कार्यालयका प्रवक्ता एरिक भान डुसेले सामाजिक सञ्जालमा जिम्मेबारीको दाबी प्रस्तुत गरेपछि गोलीबारीको सम्भावित आतङ्कवादी हमलाप्रति अनुसन्धान केन्द्रीत भएको बताउनुभयो । भिडियोको सत्यता पत्ता लगाउने काम भइरहेको अधिकारीहरूले बताएका छन् । 
 
“यी व्यक्तिले इस्लामिक स्टेटबाट प्रेरित भएको दाबी गरेका छन्”, भान डुसेले भन्नुभयो, “पीडितहरूको स्विडनको राष्ट्रियतालाई सम्भावित उद्देश्यका रूपमा राखिएको थियो ।”
 
अल जजिराका अनुसार आफूलाई अब्देसलेमन अल गुइलानी बताउने संदिग्ध आक्रमणकारीले सामाजिक सञ्जालमा आफूलाई ‘भगवान्को लडाकू’ र आईएसआईएल ९आईएसआईएस० को सदस्य भएको दाबी गरेका छन् । 
 
मध्य ब्रसेल्समा  सोमबार बेलुका दुई व्यक्तिको गोली हानी हत्या भएको बेल्जियमको सार्वजनिक प्रसारक भीआरटीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । मारिनेहरू स्विडेनको नागरिक भएको बताइएको छ ।