Trending :
 

सुन एकैदिन प्रतितोला एक हजार तीन सय रुपैयाँले बढ्यो

कार्तिक ०१,२०८०

-आस्था न्युज

कात्तिक १, २०८० काठमाडौं ।
नेपाली बजारमा बुधबार सुन-चाँदीको मूल्य बढेको छ।
 
मंगलबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको भाउ बुधबार एकैदिन प्रतितोला एक हजार तीन सय रुपैयाँ बढेको हो।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। 
 
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो।
 
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
 
मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो।