अभियान्ता राधे खड्काको पशुबलि निषेधित फिल्म तनकामना सार्वजनिक (भिडियो सहित)

कार्तिक ०१,२०८०

-आस्था न्युज

कात्तिक १, २०८० काठमाडौं ।
शाकाहारी अभियान्ता तथा समाजसेवी राधे खड्काको पशुबलि निषेध सम्बन्धी सर्ट फिल्म तनकामना सार्वजनिक गरिएको छ । 
 
बुधबार एक कार्यक्रम मार्फत राधे खड्काको आफ्नै यूटुव च्यानल मार्फत फिल्म सार्वजनिक गरिएको हो ।
 
चाँडपर्वमा हुने जघन्य पशुवलिको विरुद्धमा बनाइएको सर्ट फिल्ममा मार्नु धर्म भए पाप के हो ? भन्ने कुराको जवाफ खोजिएको छ ।
 
फिल्मको निर्देशन उत्सव तिवारीले गरेका हुन् भने निर्माण तथा अवधारणा राधे खड्का स्वंयमको रहेको छ । 
 
भिडियोले मन्दीरमा खसीलाई बध गर्ने क्रममा पुजारी आफै बिरामी भएर ढलेपछि खसीलाई बध गर्न र पुजारीलाई बचाउन लागिएको सन्देश दिएको छ ।
 
भिडियोमा समाजसेवी दुर्गानाथ दाहाल पुजारीको भुमिकामा देखिएका छन भने अन्य कलाकारहरुमा शान्ति तिवारी, रामशरण मिश्र, गिता मिश्र लगाएतका रहेका छन् । 
 
लामो समयदेखी पशुबली विरुद्ध काम गर्दै आउनुभएका खड्काले आगामी दिनहरुमा मासिक रुपमा चेतनामुलक फिल्म बनाउदै जाने जानकारी समेत दिनुभयो ।