Trending :
 

संविधानको भावनाअनुसार प्रदेश विकासको काम गर्छुः मुख्यमन्त्री कार्की

कार्तिक ०१,२०८०

-आस्था न्युज

कात्तिक १, २०८० काठमाडौं ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको भावनाअनुसार आफूले सबैको सहयोगमा प्रदेशको विकासका लागि काम गर्ने बताएका छन् ।
 
कोशी प्रदेशसभामा बुधबार सांसदहरुसँग विश्वासको मत माग्दै बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
 
जनता आन्दोलनको भावनाअनुसार, सशस्त्र युद्ध, मधेश आन्दोलनको भावना अनुसार जनताको अधिकार स्थापित गर्ने र जनतालाई दरिद्रताबाट मुक्ति दिन शिक्षा, समानता र राज्यको हरेक निकायमा जनताको पहुँच पुर्याउनका लागि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए ।
 
आफूलाई प्राप्त सांसदहरुको विश्वासलाई ध्यानमा राखेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
 
प्रदेशको आर्थिक विकासको दायित्व आफूहरुमा आएको भन्दै कार्कीले सुशासन कायम गर्दै  प्रदेशमा समृद्धि हासिल गर्नुपर्ने जिम्मेवारी पूरा गर्ने बताए ।
 
सांसदहरुले आफूलाई विश्वासको मत दिएर मध्यावधि निर्वाचनमा जान नदिने प्रतिबद्धता जनाएको उनको भनाइ थियो ।
 
मुख्यमन्त्री कार्कीले प्रदेशमा धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए ।