Trending :
 

अधिकार नदिइ प्रदेशले काम गर्छ त? पूर्व मन्त्री शर्मा

कार्तिक ०१,२०८०

-आस्था न्युज

कात्तिक १, २०८० काठमाडौं ।
पूर्व अर्थमन्त्री जनार्दन शर्माले, जनताको विश्वासमाथि कुठाराघात हुदाँ माओवादी पार्टीप्रति अविश्वास पैदा भएको स्वीकार गरेका छन् । 
 
काठमाडौंमा जनतासंग माओवादी विशेष रुपान्तरण अभियानले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा पूर्व मन्त्री शर्माले माओवादी केन्द्र जन अपेक्षा सम्बोधनमा चुकेको स्वीकार गरेका हुन् ।
 
उनले भने ‘हिजो विश्वास गरे जनताले माओवादीले बुझ्यो जनताले त हामीलाई विश्वास गरेका छन् तर जन अपेक्षालाई बुझ्न हाम्रो कमि रह्यो । त्यहि जन अपेक्षालाई बुझ्न कमि रहेको कारणले जनता हामीसँग असन्तुष्ट भएका हुन् । जनताले हामीबाट जुन आशा, विश्वास गरेको थियो त्यो पूरा नहुँदा अविश्वास पैदा भएको छ  र त्यसलाई अबको अभियानमा विश्वासमा बदल्ने छौं ।’ 
 
त्यस्तै उनले संविधानमाथि उठको प्रश्नहरुको सम्बोधन हुनु पर्ने बताएका उनले प्रदेशलाई काम गर्न नदिइएको ठोकुवा गरे । 
 
‘आज संविधानको सन्र्दभमा संघीयताको प्रश्न उठेको छ । हामीले अहिले ल्याएको व्यवस्था विरोधीहरुलाई पनि कुनै टाउकाको मूल्य नतोक्ने यसतो व्यवस्था ल्याको छौं । तर संविधानमा नै कुरा उठेपछि सरकारले छलफल गर्न आवश्यक छ । ’ उनले भने ‘ प्रदेशले काम गर्न सकेन भन्ने प्रश्न उठेको छ । प्रदेशले काम गर्न नसकेको होईन प्रदेशलाई काम गर्न दिईएको छैन । प्रदेशलाई दिनुपर्ने जनशक्ति दिएको छैन् अधिकार दिएको छैन् । सुरक्षा निकायहरु दिएको छैन् । अनि कसरी प्रदेशले काम गर्छ त?’
प्रचुर सम्भावना भएर पनि नेपाल गरिबीबाट माथि उठ्न नसकेको भन्दै उनले नेपालको स्रोत साधनलाई व्यवस्थित गर्न आवश्यक भएको बताए ।