Trending :
 

प्रधानमन्त्रीका स्वकीय सचिव मल्लमाथि शक्ति दुरूपयोग गरेको आरोप

कार्तिक ०१,२०८०

-आस्था न्युज

कात्तिक १, २०८० काठमाडौं ।
काठमाडौं नागर्जुन निवासी राजेन्द्रप्रसाद खनालले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिव रमेश मल्लले शक्तिको दुरुपयोग गरेर दुःख दिएको भन्दै न्यायको अपिल गरेका छन् । 
 
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले यस घटनाबारे निष्पक्ष छानबिन भएर आफूलाई न्याय प्रदान हुन्छ भन्ने विश्वास रहेको बताए ।
 
उनले आफू र छोरामाथि ज्यादती गर्नेहरुमा रमेश मल्लको संरक्षणमा सरिता केसी, सुमन पुडासैनी, तारादेवी चौलागाँई, राजकुमार केसी, पशुपति बराल, दीपा बराल क्षेत्री, मुकुन्द लुईंटेल, पुरुषोत्तम खड्का, तुला मगरलगायतको नाम लिएका छन् । 
 
खनालले भने, ‘राज्यले संरक्षण गरेको गिरोहले पटक–पटक मान्छे फसाउँदै आएको । प्रहरीले उजुरी नलिइदिने, सम्बन्धित निकायले नसुनिदिने भएपछि म न्यायको लागि मिडियामा आएको हुँ । एउटा समूहको त्यो गिरोहलाई राज्यकै एउटा जिम्मेवार प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लबाट संरक्षण भएर जुन चिज, जुन पीडा, जुन अपराध भएको छ, त्यसको आज म खुलासा गर्न गैरहेको छु ।’
 
पार्टीमा रहेर पार्टीको नाममा रमेश मल्लजस्ताले सत्ता र शक्तिको दुरुपयोग गरेको खनालको आरोप छ ।