Trending :
 

मौसमः देशको पहाडी भूभागमा सामान्य बदली रहने

कार्तिक ०२,२०८०

-आस्था न्युज

कात्तिक २, २०८० काठमाडौं । 
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको कारण देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा भने चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
 
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने देशको पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा मौसम सफा रहनेछ । 
 
देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 
राती देशको पहाडी भूभागमा सामान्य बदली हुनुका साथै बाँकी भागको मौसम सफा रहनेछ भने देशका पहाडी भूभागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।
 
देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।