Trending :
 

अभिनेत्री थापाले आफू गर्भवती भएको सार्वजनिक गर्दै भनिन्-‘यस्तो बेला झन् धेरै काम गर्न जाँगर चल्यो’

कार्तिक ०२,२०८०

-आस्था न्युज

कात्तिक २, २०८० काठमाडौं ।
अभिनेत्री रेखा थापाले आफ्नो गर्भ अवस्थाको अनुभव पहिलो पटक मिडियामा सार्वजनिक गरेकी छिन् । 
 
उनले गर्भवती अवस्थामा नै फिल्म ‘उपहार’को सुटिङ सकाएको भन्दै गर्भवती अवस्थामा झन् धेरै काम गर्ने उत्साह बढेको बताइन् । 
 
उनले चैतमा गर्ने भनिएको सुटिङ भदौंमा सरेपछि आफ्नो ठाउँमा अर्को हिरोइन खोज्नुपर्ने हो कि भने भन्ने लागेता पनि काम सहजता पूर्वक नै काम सम्पन्न गरेको बताएकी हुन् । 
 
उनले भनिन,‘चैतमा हाम्रो सुटिङ थियो त्यो बेला अझै दुब्लाएको थिए फिल्मको लागि, तर भदौमा जाने बित्तिकै गर्भवती थिए । मैले सुनेको अनुसार मानिस गर्भवती हुँदा काम गर्न गा¥यो हुन्छ । ३ ४ महिना आराम गर्नुपर्छ भन्ने सुनेको थिए । त्यसैले मेरो ठाउँमा अर्को कुनै हिरोइन खोज्नुपर्ने भयो मैले सकिन भने भन्ने लागेको थियो । केही गा¥यो फिल भएन कहिले काँहि शरीरले फरक अनुभव गरेको जस्तो भयो तर काम गर्दा उर्जा झन बढि अनुभव गरेको थिए । कहिँले काँहि मुड परिवर्तन हुने त स्वभाविक हो ।’
 
अभिनेत्री रेखा थापाले गर्भावस्था कुनै रोग नभएको भन्दै यसलाई उत्सवको रुपमा मनाउनु पर्ने बताइन् । 
 
उनले भनिन्, ‘गर्भावस्था कुनै विमार रोग होइन् । मैले के बुझे भने गर्भावस्था झन उत्सवको रुपमा मनाउनु पर्ने रहेछ ।’
 
चार महिनाकी गर्भवती रहेकी उनले यही अवस्थामा सुटिङ पूरा गरेकी छिन् । 
 
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘उपहार’मा उनको मुख्य भूमिका रहेको छ।