पाँच सय रुपैयाँले बढेर सुनको मूल्यमा रेकर्ड कायम
-आस्था न्युज
कात्तिक २, २०८० काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावल सुनको मूल्य ५०० रुपैयाँले तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम रहको छ । यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
बुधबार छापावाल सुन एक लाख १३ हजार २ सय रुपैयाँमा र तेजावी सुन एक लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।