Trending :
 

चीनको एक नगरपालिकाद्वारा ४० प्रतिशत वैदेशिक व्यापारमा बीआरआई साझेदारको योगदान

कार्तिक ०२,२०८०

-आस्था न्युज

कात्तिक २, २०८० काठमाडौं ।
पछिल्लो एक दशकमा उत्तरी चीनको तियान्जिन नगरपालिकाले बीआरआई साझेदार राष्ट्रहरूसँगको आफ्नो व्यापार कूल वैदेशिक व्यापारको ४० प्रतिशत भएको जनाएको छ । 
 
सन् २०१३-२०२२ सम्ममा बीआरआई साझेदार राष्ट्रहरूसँगको कूल व्यापार चार खर्ब १८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको त्यहाँको भन्सार कार्यालयको भनाइ छ ।
 
यस अवधिमा सहरका निजी उद्यमहरूले बीआरआई साझेदार मुलुकसँग गरेको कारोबारको योगदान सन् २०१३ मा ५४ अर्ब ७८ करोड युआनबाट बढेर ५४.७८ सन् २०२२ मा एक खर्ब ४२ अर्ब युआन पुगेको छ । 
 
उल्लेख्यरूपमा बीआरआई साझेदार राष्ट्रहरूबाट तियान्जिनको स्वचालित तथ्याङ्क प्रशोधन उपकरण र यसका पार्टपुर्जाहरूको आयात मूल्य सन् २०१३ मा रेकर्ड गरिएको तुलनामा २०२२ मा चार सय ८० प्रतिशतले बढेको छ ।
 
यस अवधिमा बीआरआई साझेदार राष्ट्रहरूमा सहरको प्रमुख निर्यातमा मेकानिकल र विद्युतीय उत्पादनहरु थिए । साझेदार राष्ट्रहरूमा लिथियम आयन ब्याट्री, सौर्यसेल र विद्युतीय सवारी साधनको कूल निर्यात मूल्य विगत दश वर्षमा औसत वार्षिक १७ दशमलव नौ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।