Trending :
 

जन्मदिन मनाउन स्नेही काख पुगिन कलाकार सुस्मा कार्की (भिडियो सहित)

कार्तिक ०२,२०८०

-आस्था न्युज

कात्तिक २, २०८० काठमाडौं ।
कलाकार सुस्मा कार्कीले आफन्तको जन्मदिन नेपाल स्नेही काखमा रहेका वृद्ध आमाहरु, दिदीबैनी तथा बालबालिकाहरुसँगै मनाएकी छिन् । कार्कीले आफन्तको  जन्मदिन मनाउन आफै खानेकुरा बोकेर स्नेही काखमा आइपुगेको सञ्चालक श्रीनेहा पोखरेलले जानकारी दिइन् । कलाकार कार्की स्नेही काखमा खाद्यान्न बोकेर पुगेकी थिइन् । तर उनले जन्मदिन पर्ने आफन्तलाई भने लगेकी थिइनन् ।
 
उनले बालकालिकासँग खेलेर समय बिताएकी थिइन् । कार्कीले यस कोरोना तथा लकडाउनको अप्ठ्यारो समयमा पनि ठुलो सहयोग गर्दै आएको सञ्चालक पोखरेलले जानकारी दिइन् ।
 
कलाकार कर्कीले स्नेही काखमा रहेका परिवारलाई आफ्नै हातले पस्केर समेत खुवाएको देखिन्छ ।  जन्मदिन तामझामका साथ मनाउनुभन्दा त्यसले सहाराविहिन व्यक्तिहरुलाई सहयोग गर्न पाउदा सन्तुष्ठी मिल्ने बताइन् ।
 
No description available.No description available.No description available.