Trending :
 

रास्वपा विकल्परहित पार्टीः उपाध्यक्ष डोलप्रसाद अर्याल

कार्तिक ०२,२०८०

-आस्था न्युज

कात्तिक २, २०८० काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले रास्वपा विकल्परहित पार्टी भएको दाबी गरेका छन् ।
 
बिहीबार काठमाडौं २ मा आयोजित पार्टीको भेलामा बोल्दै उनले देश विकास गर्ने पार्टी रास्वपा मात्र भएको भन्दै रास्वपा विकल्परहित पार्टी भएको दाबी गरेका हुन् । 
 
उनले भने, ‘कहिलेकाहीँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैकल्पिक पार्टी भन्दै गर्दा मलाई त लाग्छ अब यो देश निर्विकल्प हो । निर्विकल्प हुने छ । विकल्परहित भएर राष्ट्रिय स्वतन्त्र पार्टी देश बनाउन आएको छ ।’
 
उनले आउने निर्वाचनमा सबै वडा र स्थानीय तहमा रास्वपाको घण्टी बजाउने प्रयास गरिने बताए । 
 
पार्टीकी सांसद सोविता गौतमले देश बनाउनका लागि नेता बनेर पार्टीमा नै आउने नपर्ने तर्क गरिन् । सबै आफ्नो ठाउँमा इमान्दार भए देश बन्न धेरै टाढा नभएको उनको भनाई छ । 
 
उनले भनिन्, ‘देश बनाउनका लागि नेता नै हुनुपर्छ, राजनीतिमा नै आउनुपर्छ भन्ने छैन । कोही डाक्टर हुनुहुन्छ होला, कोही किसान, कोही शिक्षक तर आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । हामी सबैजना इमान्दार भयौं भने देश बन्न धेरै टाढा छैन ।’