Trending :
 

राष्ट्रपतिले टीकाको दिन ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टिका लगाइदिने

कार्तिक ०२,२०८०

-आस्था न्युज

कात्तिक २, २०८० काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्।
 
बडादशैं, २०८० को अवसरमा कात्तिक ७ गते मंगलबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा टीका  प्रदान गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ।
 
राष्ट्रपतिले विशिष्ट व्यक्तिहरुलाई दिउँसो २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ देखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको कार्यालयले जनाएको छ।