Trending :
 

आजको विदेशी मुद्राको विनिमय दर कति ?

कार्तिक ०३,२०८०

-आस्था न्युज

कात्तिक ३, २०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
 
जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ भने,युरो एकको खरिद दर १४० रुपैयाँ ३३ पैसा र बिक्री दर १४० रुपैयाँ ९६ पैसा रहेको छ । 
 
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १५ पैसा र बिक्री दर १६१ रुपैयाँ ८८ पैसा रहेको छ, भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।