Trending :
 

एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित

कार्तिक ०३,२०८०

-आस्था न्युज

कात्तिक ३, २०८० काठमाडौं । 
गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा डाक्टर बद्री केसी निर्वाचित भएका छन् । 
 
बिहीबार नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दै केसी एक हजार ३७८ मतका साथ निर्वाचित भएका हुन् । 
 
केसीले एक हजार ३७८ मत पाएका थिए भने,उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरकेले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठले एक हजार २२५ मत र रविना थापाले ४७ मत पाएका थिए ।
 
उपाध्यक्षमा डाक्टर विनोद श्रेष्ठ, डाक्टर हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी, रामशरण सिंखडा र रोविनप्रसाद शेरचन निर्वाचित भएका छन्। युवा उपाध्यक्षमा रोशन थापा दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएकी छन् । 
 
त्यस्तै महासचिवमा गौरीराज जोसी निर्वाचित भएका छन् । उनले दुई हजार ३७ मत ल्याएका थिए ।