Trending :
 

एमाले अध्यक्ष ओलीले दशैँ गृह जिल्ला झापामा मनाउने

कार्तिक ०३,२०८०

-आस्था न्युज

कात्तिक ४, २०८० काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशैँ मनाउन गृह जिल्ला झापा जाने भएका छन् । 
 
शुक्रबार समाजीक सञ्जाल मार्फत उनले आफू सबैसँग भेटघाट र भलाकुसारी गर्न झापा जान लागेको जानकारी दिएका हुन् । 
 
उनले लेखेका छन्, ‘दशैँ आयो । सबै आआफ्नो घरगाउँ जाँदै हुनुहुन्छ । आज म पनि आफ्नो घरगाउँ झापा जाँदै छु । सबैसँग भेटघाट र भलाकुसारी हुने छ ।’