कर्णाली प्रदेशमा सिटिजन्स बैंकका १० शाखा मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान
-आस्था न्युज
कात्तिक ३, २०८० काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० वटा शाखामार्फत् अत्याधुनिक बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
कम्पनीले हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटसहित नाम्खा र सार्केगाड एवं भौगोलिक हिसाबले देशकै सबैभन्दा ठूलो जिल्ला डोल्पाको दुनै र जुफाललगायत मुगुको गमगढी, जाजरकोटको खलङ्गा र सुर्खेतको विरेन्द्रनगर शाखामार्फत् बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
यतिमात्र नभई कम्पनीले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै ग्राहकलाई सहज रुपमा कृषि, पशुपालन र जडीबुटी सम्बन्धी कर्जा उपलब्ध गराउँदै आएको बताएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा शुक्रबार बडादसैँको उपलक्ष्यमा आयोजित कार्यक्रममा कर्णालीवासीलगायत कर्मचारी एवं बैंकसँग सम्बन्धित सरोकारवालाई शुभकामना व्यक्त गरेका छन् ।