Trending :
 

भारतमा अर्ध-उच्च गतिको रेल सेवा सुरु

कार्तिक ०३,२०८०

-आस्था न्युज

कात्तिक ३, २०८० काठमाडौं ।
भारतले शुक्रबार देखि आफ्नो पहिलो अर्ध उच्च गतिको ‘नमो भारत’ नामक रेल सेवा सुरु गरेको अधिकारीहरूले बताएका छन् । 
 
आरआरटिएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल सेवाको प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी राज्य उत्तर प्रदेशमा उद्घाटन गर्नुभयो । 
 
रेलले उत्तर प्रदेशको साहिबाबाद र दुहाई डिपो स्टेसनलाई जोड्नेछ । 
 
प्रधानमन्त्री मोदीले  जारी गरेको  तस्बिरमा  उहाँलाई  रेलमा स्कुलका बालबालिकासहित सहयात्रीहरु सँग कुराकानी गरिरहेको देखाइएको छ । 
 
“भारतको पूर्वाधारमा एउटा महत्वपूर्ण विकास ! दिल्ली-मेरठ आरआरटिएस करिडोरले क्षेत्रीय कनेक्टिभिटीमा ठूलो परिवर्तन गर्नेछ”, र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो । 
 
अधिकारीहरुका अनुसार दिल्ली-गाजियाबाद-मेरठ १७ किलोमिटर लामो प्राथमिकता भएको खण्ड यात्रुहरूका लागि शनिबारदेखि खुल्ला गरिने छ ।