Trending :
 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?

कार्तिक ०४,२०८०

-आस्था न्यूज

कात्तिक ४, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३२.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३० रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०।५३ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.१६ रुपैयाँ रहेको छ।
 
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६०.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.६१ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८३.७४ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.१२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
 
यस्तै राष्ट‍्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ तोकेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २७.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९६ रुपैयाँ रहेको छ।