Trending :
 

मौसम सामान्यतया सफा रहने

कार्तिक ०४,२०८०

-आस्था न्यूज

कात्तिक ४, २०८० काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । 
 
यस्तै, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा मौसम सफा रहनेछ ।
 
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।
 
राती भने पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
 
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको पनि मशाखाले जनाएको छ ।