Trending :
 

आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइयो

कार्तिक ०४,२०८०

-आस्था न्यूज

कात्तिक ४, २०८० काठमाडौं ।
आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन कोशी प्रदेशका  प्रदेश प्रमुख परशुराम खापुङलाई वुझाइएको छ ।
 
प्रदेश प्रमुख खापुङलाई आयोगका अध्यक्ष रामबहादुर थापा मगरले संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०७९-८० को प्रतिवेदन वुझाएका हुन् ।
 
प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै संघीयतालाई बलियो आयोगको ठूलो भूमिका रहेको बताए । 
 
उनले मूल रुपमा मुलुकमा साम्प्रदायिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्ने बताए ।
 
आयोगका अध्यक्ष थापा मगरले प्रदेशका आदिवासी जनजाति समुदायको सार्वभौम अधिकार वार्ता सम्बादको माध्यमबाट समाधान गर्न अनुरोध गरे । 
 
यसअघि प्रदेश प्रमुख खापङलाई थारु आयोगका सदस्य भोलाराम चौधरीले  आयोगको पाँचौ वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका थिए ।