Trending :
 

त्रिकोणात्मक श्रृंखला : हङकङलाई नेपालको २१४ रनको लक्ष्य

कार्तिक ०४,२०८०

-आस्था न्युज

कार्तिक ०४ ,२०८० काठमाडौँ ।
कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै नेपालमा जारी  त्रिकोणात्मक श्रृंखलामा घरेलु टोलीले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ ।
 
मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो  ।
 
निक्कै नै खराब सुरुवात गरेको नेपालले रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई मात्र २ रनमा गुमाएको थियो । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि मात्र ८ रनमा आउट भए । त्यसपछि नेपालका लागि आसिफ शेख २० र कप्तान रोहित पौडेल ११ रन बनाएर पेभिलियन फर्किदाँ नेपालको स्कोर ५५ रन मात्रै थियो ।
 
त्यसपछि कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरेका हुन्  ।
 
१७औं ओभरको पाँचौं बलमा छक्का हादै मल्लले ३० बलमा अर्धशतक पुरा गरेका थिए। अर्को ओभरमा ऐरीले पनि समान ३० बलमा ५० रन कटाए ।
 
ऐरी १९औं ओभरको अन्तिम बलमा आउट भए । कुल ३४ बलको सामना गरेका उनले दुई छक्का र ६ चौकाको मदतमा ५७ रन बनाए ।
 
यस्तै अन्तिम बल खेल्नु अघि मल्ल ९२ रनमा पभेलियन फर्किएका थिए । ४१ बलको समना गरेका उनले ९ वटा चक्का र तीन चौका प्रहार गरे ।