संस्कृतिमन्त्री किरातीको दशैँ शुभकामना : घाटी हेरेर मात्रै हाड निलौँ
-आस्था न्युज
कार्तिक ०४ ,२०८० काठमाडौँ ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले, दशैँलाई भड्किलो नबनाउन आग्रह गरेका छन् ।
सम्पूर्ण नेपालीलाई दशैँको शुभकामना दिदैँ, आज दशैँ राम्रोसँग मनाउँदा भोलि ऋणको भारी बोक्नु पर्ने अवस्था सिर्जना नहोस् भन्दै सचेत गराएका छन् ।
‘आफ्नो घाटी हेरेर मात्रै हाड निल्नु पर्ने’ उनको भनाई छ ।
नेपाल न्युज बैंकसंगको कुराकानीमा उनले, ‘सम्पूर्ण आम नागरिकलाई दशैँ आउँदैछ, नेपालीहरुको चाड हो सबै नेपालीहरुको चाडपर्वप्रति म शुभकामना दिन चाहान्छु । अर्को कुरा नछुटाई भन्न चाहान्छु कि घाटी हेरेर हाड निलौ, आज दशैँ राम्रोसँग मनाउँदा भोलि ऋणको भारी बोक्न नपरोस, चाडवाड हाम्रै हो । अरुले हात्ती चड्यो भन्दैमा आफू कुकुर चढ्नु हुदैँन् भन्ने पुर्खाले भनेको उखानलाई आत्मासाथ गरौं ।’
सम्पूर्ण पर्वहरुले आपसी एकता र भाइचारा विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले आफ्नो गक्ष अनुसार पर्व मनाउन आह्वान गरेका छन् । मन्त्री किराती भने यस पटकको दशै भेडि गोठमा मनाईरहेका छन् ।