Trending :
 

मौसम समान्यतया सफा रहने

कार्तिक ०५,२०८०

-आस्था न्युज

कार्तिक ५ ,२०८० काठमाडौँ
आज देशको पहाडी भू-भागमा आँशिक वदली रहे पनि बाँकी भू-भागमा मौसम सफा सफा रहने जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भएपनि सामान्यतया मौसम सफा रहने छ ।
 
वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो देशको पहाडी भू(भागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ जर्गनसहित हल्का वर्षाको सम्भावना छ ।
 
उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।