Trending :
 

राष्ट्रपति पौडेलद्वारा काठमाडौंका शक्तिपीठको दर्शन

कार्तिक ०५,२०८०

-आस्था न्युज

कार्तिक ५ ,२०८० काठमाडौँ
राष्ट्रपति रामचन्द्र पौडेलले, बडादशैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा काठमाडौंका विभिन्न शक्तिपीठको दर्शन गरेका छन् ।
 
राष्ट्रपति पौडेलले, आइतबार नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायतका शक्तिपीठ पुगेर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन्। 
 
राष्ट्र प्रमुखको हैसियतमा हरेक वर्ष राष्ट्रपतिले उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहँदै आएको छ ।
 
यसअघि राष्ट्रपति पौडेलले पत्नी सवितासहित काभ्रेस्थित पलाञ्चोक भगवतीको समेत  दर्शन तथा पूजाअर्चना गरेका थिए ।