Trending :
 

यस्तो छ, आजको विदेशी मुद्रा विनिमय दर

कार्तिक १०,२०८०

-आस्था न्यूज

कात्तिक १०, २०८० काठमाडौं ।
 
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
 
जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ६४ पैसा र बिक्री दर १६१ रुपैयाँ ३६ पैसा तोकिएको छ ।
 
यस्तै,अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ  ४८ पैसा रहेको छ । 
 
आज युरो एकको खरिद दर १४० रुपैयाँ १५ पैसा र बिक्री दर १४० रुपैयाँ ७८ पैसा रहेको छ । 
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ९० पैसा र बिक्री दर ८४ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।