Trending :
 

आज पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

कार्तिक १०,२०८०

-आस्था न्यूज

कात्तिक १०, २०८० काठमाडौं ।
 
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू-भागमा मैसम आंशिक देखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेको छ । 
 
हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको  विभागले जनााएको छ । 
 
आज दिउँसो  देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनुका साथै देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत विभागले उल्लेख गरेको छ।
 
शुक्रबार राती देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।