Trending :
 

चोरीको अभियोग लागेका ९ जना सार्वजनिक

कार्तिक १०,२०८०

-आस्था न्यूज

कात्तिक १०, २०८० काठमाडौं ।
 
इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको अरोपमा पक्राउ परेका नौजनालाई सार्वजनिक गरेको छ । 
 
पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
दसैँको समयमा विभिन्न मितिमा उनीहरूले घरायसी सामानदेखि साइकलसमेत चोरी गरेको उहाँको भनाइ थियोे ।